सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बलात्कार गरी भाग्ने पुरुष पक्राउ

२०७७ साउन १६, ०१:४८ खबर संवाददाता

धनगढी: कैलालीमा बलात्कार गरी भाग्ने पुरुष पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका -९ का ३४ वर्षीय विस्रे चौधरीलाई ९ वर्षपछि पक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

चौधरी २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी  २०६७ कार्तिक ४ गते देखि फरार थिए। कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेको आदेशले उनलाई ६ वर्ष कैदको सजाय तोकेको थियो।

उनलाई साउन १२ गते पक्राउ गरि १४ गते पुर्पक्षका लागी कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

कमेन्ट लोड गर्नुस