सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै ल्याउन सकेनन् ६ स्थानीय तहले बजेट

२०७७ साउन १६, १२:२४ रासस

आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ६ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढ्ेको छ।

सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तहमध्ये छ स्थानीय तहले निर्धारित समयभित्र बजेट ल्याउन असफल भएका हुन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो। 

समयमै बजेट नआएमा सङ्घीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजस्व बाँडफाँटको प्रवद्र्धनमा समस्या पर्ने चेतावनीसहित अर्थमन्त्रालयले पत्राचार गरेपछि भने १७ स्थानीय तहमध्ये ११ स्थानीय तहले मात्रै गाउँ तथा नगरसभामा बजेट पेश गरेको छ। सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका रहेका छन्। 

पाँच गाउँपालिका र एक नगरपालिका गरी छ स्थानीय तहले अझै गाउँ तथा नगरसभामा बजेट पेश गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख राधेश्याम गिरीले बताए। 

नरहा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिका गरी पाँच गाउँपालिकाले गाउँसभा गर्न नसकेको प्रमुख गिरीले बताए। उनका अनुसार सिरहा नगरपालिकाले पनि नगरसभामा बजेट पेश गर्न सकेको छैन।  
 

कमेन्ट लोड गर्नुस