सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ५ जनामा कोरोना पुष्टि

२०७७ साउन १५, ०३:१२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा आज थप सात जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोशागलामा भएको परीक्षणमा धनगढीका पाँचसहित सुदूरपश्चिमका सात जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर ११ का ३७, ४५, ४६ र ४८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए।

उनका अनुुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का २६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १९ बर्षीय पुरुष र दार्चुलाकी २२ बर्षीया युवतीमा पनि कोरोना पुष्टि भएको छ।

आज सात जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चा हजार चार सय ८ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

अन्य संक्रमित भने विभिन्न अस्पताल, स्थानीय तहको आईसोलेस र घरमा छन्। 
 

कमेन्ट लोड गर्नुस