धनगढीमा ट्याङकर पार्किङको लागि आयल निगमले खोज्याे जग्गा
धनगढी :नेपाल आयाल निगमको प्रादेशिक कार्यालय धनगढीले ट्याङकरको पार्किङ व्यवस्थापनको लागि जग्गा खोजेको छ। बोराडाँडी क्षेत्रमा ८ कठ्ठा जग्गा ट्याङकर पार्किङ स्थलका लागि भाडामा लिएको निगमले जनाएको छ।
साउन १ गतेदेखि भाडा तिर्ने गरी जग्गा लिएको नेपाल आयाल निगम धनगढीका प्रमुख सर्पराम शर्माले जानकारी दिए। ‘१० वर्षका लागि दुई हजार पाँच सय रुपैया प्रति कठ्ठा माषिक रुपमा भाडा तिर्ने गरी जग्गा भाडामा लिएका छौ,’ उनले भने, ‘माषिक ८ कठ्ठाको २० हजार हुन्छ। वार्षिक दुई लाख ४० हजार आयल निमगले ट्याङकर पार्किङ स्थलका लागि भाडा तिर्ने छ।’ पार्किङ स्थलको नेपाल आयाल निगमले भाडा तिर्न सुरु गरेको भएपनि ट्याङ्कर भने मोहनापुल–अत्तरिया सडक खण्डमा पार्किङ गरिएका छन्।
बोराडाँडी क्षेत्रमा सडकमा ट्याङकर पार्किङ गरिएकाले सडक दुर्घटनाको जोखिम छ। बोराडाँडीमा बस्दै आएका खनियालाल चौधरीले २४ घण्टा नै सडकमा ट्याङकर राखिएकाले आवतजावतमा समेत समस्या रहेको बताए। उनले भने, ‘२४ घण्टा नै सडकमा ट्याङकर हुन्छन्। दुर्घटनाको जोखिम छ। तर हटाउन प्रशानले चाँसो देखाएको छैन्।’ यता ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक सरोज ठकुराठीले पार्किङ स्थल छुट्टै नहुँदा समस्या भएको बताए।
अन्य ठाउँमा पार्किङ स्थल व्यवस्थापन भए सवारी हटाउने उनले बताए। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पार्किङ स्थलका लागि जग्गा खोजी भईसकेको बताउँदै केही समयमा व्यवस्थापन हुने बताए।