सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दद्वारा किसानलाई बाँदर धपाउने यन्त्र वितरण

२०७७ साउन १४, ०६:१० खबर संवाददाता

बैतडी: बाँदरले बर्षौंदेखि बालीनाली नष्ट गरिरहेका किसानहरुको सजिलोका बैतडीको दशरथचन्द नगरपालिकाले विभिन्न वडाका किसानहरुलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ। नगरपालिकाको वडा नम्बर ५ मा २५ ओटा यन्त्र वितरण गरिएका छन्। 

प्रत्येक टोलका किसानहरुलाई पायक पर्ने गरेर यन्त्र वितरण गरेको नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन। नगरपालिकाले स्याङजाको जयलक्ष्मी आँधीखोला कन्ट्रक्सन प्रालिबाट एक सय थान बाँदर धपाउने यन्त्र खरीद गरेको उनले बताइन।  

बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेसिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ। यन्त्र वितरण गरिएका किसानहरुलाई यन्त्र चलाउन पनि सिकाइएको छ।

 

कमेन्ट लोड गर्नुस