सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बिवाहित युवती मृत फेला : श्रीमान पक्राउ

२०७७ साउन १४, ०७:५५ खबर संवाददाता

धनगढी : कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेपछि घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती लक्ष्मी साउँद मृत फेला परेपछि उनका श्रीमान ओम साउँदलाई प्रहरीले पक्राउ गरेको हो। 

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले मृतकका श्रीमानलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको बताए।

उनका अनुसार नहर किनारमा रहेको झाडीमा उक्तानो अवस्थामा शव भेटिएको थियो। उनी ११ गतेदेखि वेपत्ता थिईन्। मृतकका माईती पक्षले भने लक्ष्मीको हत्या नै भएको आरोप लगाएका छन्। 
 

कमेन्ट लोड गर्नुस