सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपोलीमाथि इन्टरको सहज जित

२०७७ साउन १४, ०५:५५

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले नेपोलीमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा इन्टरले नेपोलीलाई २–१ ले हराएको हो ।

इन्टरको जितमा ड्यानिलो डि एम्ब्रोसियो र लोउटारो मार्टिनेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो ।

गुइसिप्पे माज्जा मिलानोमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा ड्यानिलो डि एम्ब्रोसियोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । क्रिस्टियानो बिरागीको पासमा अनमार्क रहेका ड्यानिलोले गोल गर्न सफल भएका थिए ।

२१औं मिनेटमा पिएटर जिलिन्स्कीले खेललाई बराबरी गर्ने सुवर्ण अवसर खेर फाले । २६औं मिनेटमा जिलिन्स्कीले नै अवसर चुकाउदा नेपोली बराबरीबाट चुक्यो । ३२औं मिनेटमा इन्टरका गोलरक्षक समिर हान्डानोभिकले माटियो पोलिटानोको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै बराबरी टारे । पहिलो हाफको इन्ज्युरी समयमा मार्सेलो ब्रोजोभिकको प्रहार नेपोलीका गोलरक्षक एलेक्स मेरेटले रोके ।

४९औं मिनेटमा रोमेलु लुकाकु चुक्दा इन्टरले अग्रता दोब्बर पार्न सकेन । ६४औं मिनेटमा नेपोलीका इल्जिफ इल्मासको प्रहार थोरै बाहिरियो । ७४औं मिनेटमा लोउटारो मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । अन्तिम समयमा लुकास इन्सिग्नेको प्रहारलाई इन्टरका मार्सेलो ब्रोजोभिकले ब्लक गरिदिए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।

यो जितले इन्टर मिलान दोस्रो स्थानमा यथावत रहँदा नेपोलीको शीर्ष ६ मा पर्ने सम्भावना झिनो बनेको छ । इन्टरको ३७ खेलबाट ७९ अंक पुगेको छ । इन्टरलाई एटलान्टाले पछ्याइरहेको छ । अब लिग चरणको अन्तिम खेलमा इन्टर र एटलान्टाबीच प्रतिस्पर्धा हुने भएकाले यही खेलबाट नै दोस्रो हुने टोलीको टुंगो लाग्नेछ । नेपोली ५९ अंक जोडेर सातौ स्थानमा रहेको छ । एक खेल कम खेलेको एसी मिलानको ६० अंक छ।

कमेन्ट लोड गर्नुस