बाजुराको बुढीगंगा नदी थुनियो, सचेत हुन प्रहरीको आग्रह
बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाको नजिकै रहेको गुईगाड खोलामा बाढी आउदा बुढीगंगा नदी थुनिएको छ। गुईगाड खोलामा पानीको सतह बढेपछी बुढीगंगा नदी ७५ प्रतिशत थुनिएको स्थानीय भरत बुढाले बताएका छन्।
बुढिगंगा नदी ताप्रीसेरा बगरमा थुनिन थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए। नदी थुनीएपछि अछामको साफेँबगर सम्मका स्थानीयलाई सचेत हुन जिल्ला प्रहरी कार्यालय बाजुराले आग्रह गरेको छ। बुढीगंगा नदी थुनिएपश्चात अछामको साफेँबगर, बुढाबगर समेत असर पुग्न भएकाले सचेत रहन आग्रह गरेको प्रहरीले जानएको छ।
यस्तै बाजुराको द्धावारीमा समेत नदी थुनिने खतरा बढेकाले स्थानीय त्रसित बनेका छन्।