सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

२०७७ साउन १३, ०२:१६ रासस

काठमाडौँ: कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ। गत शुक्रबार प्रतितोला ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज दुई हजार ४०० ले वृद्धि भएको छ। आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला  ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य  ९७ हजार ७६० निर्धारण गरिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य रु एक हजार २४५ कायम भएको छ। कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य  १० हजार ४०० ले बढेर  ८७ हजार पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।  

कमेन्ट लोड गर्नुस