सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा ९७ हजार नाघ्यो

२०७७ साउन १३, ०५:३९ खबर संवाददाता

धनगढी : सोमबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ। आइतबार तोलामा ९६ हजार तीन सय एकै दिनमा १२ सय रूपैयाँ बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ३२ डलरमा कारोबार भएको छ। सुनको मूल्य लगातार बढ्दै गएपछि कारोबार न्युन भएको व्यवसायीको भनाई छ।
 

कमेन्ट लोड गर्नुस