सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडाध्यक्ष कुटपिटमा संलग्नलाई रिहा गर्न माग गर्दै प्रदर्शन

२०७७ साउन ११, ०८:०४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कुटपिट गरेको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। ती पक्राउ परेका अफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेपाल तरुण दलले झलारीको सडकमा प्रदर्शन गरेका छ। कार्यकर्ताले आइतबार साझ टायर बालेर सडकमा प्रदर्शन गरेका हुन। 

आइतबार शुक्लाफाँटा नगरपालिका ८ का नारद ठगुन्ना सहितको समूहले वडाध्यक्ष महरामाथि कार्यालयमै कुटपिट गरेका थिए। प्रहरीले नारदसहित विनोद ठगुन्ना, बसन्त ठगुन्ना, मानसिँह ठगुन्ना, नविन ठगुन्ना र आनन्द ठगुन्ना गरी ६ जनालाई पक्राउ गरेको  गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस