प्रेमिका बलात्कार गरेको आरोपमा कैलालीका युवक पक्राउ
धनगढी: १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलालीका एक युवक पक्राउ परेका छन्। कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शमाले बताए।
परिवारले दिएको किटानी जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कार्की परिवारले भने पीडित भनिएकी किशोरी उनको प्रेमिका भएको जनाएको छ। फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको कार्कीको भनाइ छ।
तर सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अपराध मानेका कारण मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।