सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरद्वारा सहयोग

२०७७ साउन १०, ०५:२३ खबर संवाददाता

धनगढी: कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थालाई सहयोग गरेका छन्।

उनले धनगढीस्थित आमाको माया छात्रावासलाई ६ वटा पंखा र मानव सेवा आश्रमलाई ४ वटा पंखा तथा फालफूल वितरण गरेका छन्। 

साथै उनले जन्मदिनको अवसरमा धनगढीमा कार्यरत पत्रकारलाई कोरोना रोग संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री समेत प्रदान गरेका छन्।

कमेन्ट लोड गर्नुस