सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम प्रहरीद्वारा मास्क प्रयोग नगर्ने २६८ जनालाई कारवाही

२०७७ साउन १०, ०३:१३ खबर संवाददाता

अछाम : अछाम प्रहरीले माक्स प्रयोग नगर्ने २ सय ६८ जनालाई कारवाही गरेको छ। कोरोना जोखिमका बेला मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा भेटिएकाहरुलाई कारवाही गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय अछाम तथा मातहत प्रहरी इकाईहरुले असार २२ देखि हालसम्म सार्वजनिक स्थानमा मास्क प्रयाग नगर्ने २६८ जनाबाट १०० का दरले २६ हजार ८ सय जरिवाना संकलन गरेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। उनीहरुलाई सम्झाइबुझाइ गरेर छाडेको समेत प्रहरीले जनाएको छ।  

यस्तै मास्क प्रयोग नगरी हिड्ने १ सय ८२ जनालाई मास्क वितरण गरेको सूचना अधिकारी अवस्थीले बताए। 

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

कमेन्ट लोड गर्नुस