सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य प्रतितोला एक लाख नजिक

२०७७ साउन १०, ०६:२४ खबर संवाददाता

केही दिनदेखि सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भई रहेको छ। साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।

बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एकै दिन १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँमा कोरोबार भएको हो। 

बुधबार मात्र १३ सय रुपैयाँले बढेको छापावाला सुन विहिबार पाँच सय रुपैयाँले बढेको थियो। गएको तीन दिनमा मात्रै छापावाला सुन २६ सय रुपैयाँले बढेको छ।

त्यस्तै, तेजावी सुन पनि प्रतितोला १३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्यमा पनि लगातार वृद्धि नै देखिएको छ।

शुक्रबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको छ। गएको तीन दिनमा चाँदीमा एक सय रुपैयाँले बढेको छ।
 

कमेन्ट लोड गर्नुस