धनगढीबाट मनोरोगीको उद्दार
२०७७ साउन ९, ०९:४५
धनगढी- धनगढीबाट मनोरोगीको उद्दार गरिएको छ। मानव सेवा आश्रम धनगढी शाखाले धनगढी उप–महानगरपालिका वडा नम्बर ८ बाट एक मनोरोगीको उद्दार गरेको हो।
मानसिक सन्तुलन ठिक नभएका महेश्वर धामी नाम बताउनेको उद्दार गरिएको आश्रमले जनाएको छ। उनलाई मानव सेवा आश्रम धनगढीले आश्रय दिएको छ। उनले घर कञ्चनपुर भएको बताएका आश्रमले बताएको छ।
कमेन्ट लोड गर्नुस