डोटीमा क्वारेन्टिनबाट घुम्न निस्केका दुईजना घाइते अवस्थामा फेला
डोटी-डोटीमा क्वारेन्टिनबाट बाहिर घुम्न निस्किएका दुई जना घाइते अवस्थामा फेला परेका छन्। जिल्लाको सायल गाउँपालिका –६ मा रहेको महाकाली माविमा स्थापित क्वारेन्टिनमा बसिरहेका सोही ठाउँका गणेश कट्वाल र शिखर नगरपालिका २ खतेडाका रमेशबहादुर बोगटी घाइते अवस्थामा फेला परेका हुन्।
शुक्रबार क्वारेन्टिनबाट पाँच जना बाहिर निस्किएका थिए। क्वारेन्टिनबाट निस्किएर आदर्श गाउँपालिकाको मौवा बजारसम्म पुगेर फर्किने क्रममा दुई जनालाई स्थानीयले घाइते अवस्थामा फेला परेका थिए। घाइते दुईजना मध्ये कट्वाल सडकमा र बोगटी सडकभन्दा तल भिरमा घाइते अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। घाइते दुबै जनालाई उपचारका लागि दिपायल ल्याइएको छ।
घटनाबारे बुझ्न घटना स्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कर्ण बोहराले बताए।