सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नेकपा नेताबाट कार्यालयमै कुटिए ईन्जिनियर

नेकपा नेता खड्का , गाउँपालिका र ईन्जिनियर खनाल
नेकपा नेता खड्का , गाउँपालिका र ईन्जिनियर खनाल
२०७७ साउन ९, ०६:१६ खबर संवाददाता

डोटी : नेकपा डोटीका नेताले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियरलाई कुटपिट गरेका छन्। नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देव बहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकरराज खनालमाथि  कार्यालयमै हातपात गरेका हुन्।

बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरेको छ।

सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको बिषयलाई लिएर हातपात भएको हो। उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको ईन्जिनियर शंकरराज खनालले बताए।

खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेश्की लिएर काम सुरु गरेका थिए। प्राबिधिकले टिप्पणी उठाउँदा त्रुटि हुनगई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिईएको थियो।

कमेन्ट लोड गर्नुस