सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुटबल खेलाडीलाई राहत

२०७७ साउन ८, ०७:५० रासस

कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ। अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई चार हजारका दरले बुधबार राहत प्रदान गरेको हो। 

राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताए। 

उनले सङ्कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्घको प्रशंसा गरे। जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताए। खेलाडी र अफिसियलाई गरी ७६ हजार राहतमा खर्च भएको उनको भनाइ छ। राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस