सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकी सांसद मल्ललाई लक्षित गरी विप्लव समुहले राख्यो बम !

फाइल फोटो
फाइल फोटो
२०७७ साउन ७, ०३:५० डीवि विष्ट

बझाङ: सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ललाई लक्षित गरी नेत्र विक्रम चन्द ‘विप्वव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी समुहले बाटोमा संकास्पद बस्तु राखेका छन्।  

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ मा सामान्य भेटघाटका लागि जाँदैगर्दा वडा नम्बर १ र ५ को सिमाना खेतीगाड भन्ने ठाउँमा संकास्पद बस्तु राखेको घटना स्थलबाट सांसद देवकी मल्लले बताइन। 

बिच सडकमा पर्खाल लगाएर राखिएकोे उक्त संकास्पद बस्तु बम हुनसक्ने उनले आशंका गरेकी छन्। संकास्पद बस्तुमा कार्यक्रममा जान नपाइने समेत लेखिएको बुझिएको छ। 

प्रदेशसभा सदस्य मल्लका अनुसार आफुसहित १० जनाको टोली सुरक्षित रहेका छन्। अहिले जिल्लाबाट घटना स्थलतर्फ नेपाली सेनाका मेजर तारा खड्काको नेतृत्वमा टोली हिडेको छ। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस