सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

२०७७ साउन ५, ०८:३२ खबर संवाददाता

धनगढी : बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ३ का ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकायाको पोखरीमा डुवेर मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीयले बेहोस अवस्थामा निकालेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस