सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकी एक शिक्षिका, जस्ले ढाई बर्षदेखि पाएकी छैनन् तलब

२०७७ साउन ३, ०६:३३ खबर संवाददाता

धनगढी : बैतडीमा एक शिक्षिकाले ढाई बर्षदेखि तलब नपाएको गुनासो गरेकी छिन्। जिल्लाको डिलासैनी गाउँपालिकामा रहेको केदार समैजी आधारभुत विद्यालयमा कार्यरत शिक्षिक कृष्णा बोहराले ढाई बर्षदेखि तलब नपाएको गुनासो गरेकी हुन्।

‘२०६९ सालदेखि उक्त विद्यालयमा अध्ययापन गर्दै आएकी छु,’ उनले भनिन्, ‘झण्डै तीन बर्षसम्म निशुल्क अध्यापन गराए। २०७२ सालदेखि विद्यालय व्यवस्थापन समितिले माषिक ८ हजार तलब दिने निर्णय ग¥यो। तर २०७४ साल माघदेखि तलब दिईएको छैन्।’

शिक्षिका बोहरा अपाङ्गता भएकी व्यक्ति हुन्। यता विद्यालयका प्रधानाध्यापक कृष्ण बोहराले पनि कृष्णाले तलब नपाएको स्विकार गरे। ‘विद्यालयको स्रोतले भ्याए सम्म २१ महिनाको तलब लैजानु भनेका थियौ,’ उनले दिनेश खवरलाई भने, ‘तर कृष्णाले पूरानो तलब समेत पाउनुपर्ने माग गर्दै आएकी छिन्। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अगाडि बढ्छु।’

कमेन्ट लोड गर्नुस