सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर घाइते भएका सुरेन्द्रको उपचारका लागि ६ हजार सहयोग

२०७७ साउन १, ०५:११ खबर संवाददाता

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ सन्तोलास्थित मौरीफागका सुरेन्द्र सार्कीको उपचारका लागि आर्थिक सहयोग गरिएको छ।

काठमाडौंबाट इक्वेल एक्सेसकी कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठको समन्वयमा महेन्दनगरबाट यसोदा दाहालले ५ हजार र अभिषेक भट्टले एक हजार उपचारका लागि सहयोग गरेका हन्।

असार १९ गते १९ वर्षीय सुरेन्द्र सार्की सोही गाउँपालिका वडा नम्बर ४ द्धारी पातल भन्ने ठाउँमा भीरबाट लडेर गम्भीर घाइते भएका थिए। घाइते सार्कीलाई नेपालगञ्ज मेडिकल कलेजको आइसियुमा भर्ना गरिएको छ। उनको अवस्था अलिक सुधार हुँदै आएको छ।

 आर्थिक अभावका कारण घाइते सार्कीका परिवारले सहयोगको लागि अपिल गरेको छ। सहयोग गर्न इच्छुकले मोबाइल नम्बर ९८६५९६००३१, ९८०१९५२३३६ र ९८६५७९५०९० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।  

कमेन्ट लोड गर्नुस