सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सशस्त्र प्रहरीसँग आफ्नो भवन नहुँदा समस्या

२०७७ साउन १, ०९:५० रासस

बैतडी : बैतडीमा रहेको सशस्त्र प्रहरीसँग आफ्नो भवन  नहुँदा समस्या भएको छ। तीन वर्ष अगाडि स्थापना भएको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीलाई आफ्नो भवन नहुँदा समस्या भएको हो।

सशस्त्रको गुल्म हाल अस्थायीरुपमा सहकारी डिभिजन कार्यालयको भवनमा बसिरहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताए। उनले भने, “जग्गा प्राप्त नहुँदा आफ्नो भवन निर्माण गर्न सकिएको छैन्।”

दशरथचन्द नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म पनि उपलब्ध हुन सकेको छैन्। सशस्त्र गुल्मका लागि कम्तीमा पनि १५ रोपनी जमिन आवश्यक पर्ने भए पनि हाल सहकारी डिभिजन कार्यालयको दुई रोपनी १३ आनामा बस्न बाध्य भएको छ। बस्नका लागि ठाउँ अभाव हुँदा तालिमलगायत कामकाजमा समस्या हुने गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ।

विस २०७५ मा स्थापना भएको गुल्ममा हाल १५० सशस्त्र प्रहरी कार्यरत रहेका छन् । यस्तै जग्गा प्राप्त नहुँदा गत जेठ १० गते झुलाघाटमा स्थापना भएको बिओपी पनि भाडाकै भवनमा बसिरहेको छ। यसका साथै गत असार १६ गते पञ्चेश्वरमा स्थापना भएको बिओपीको लागि भने पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा गुल्मको नाममा सिफारिस गरेको छ।

कमेन्ट लोड गर्नुस