रामायण पाठ गरेर कैलालीका हस्तबहादुरले घरमै मनाए भानुजयन्ती
कैलाली: कैलालीको मसुरियाका हस्तबहादुर पौडेलले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती घरमै मनाएका छन्। कोरोना भाइरसको संक्रमण फैलनसक्ने भएकाले सिमित पारिवारिक जमघट गरेर उनले भानुभक्त जयन्ती मनाएका हुन।
गत वर्ष घरमै गाउँका बुद्धिजीवी, जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई निमन्त्रणा कार्यक्रमको आयोजना गरेका पौडेलले यसवर्ष भने कोरोना भाइरसको त्रासले सिमित आफन्तबिच भानु जयन्ती मनाएका छन्। उनी दिनभर भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेका रामायण पाठ गरी हभानुजयन्ती मनाउँछन्।
भारतमा नेपाली भाषी समुदायले सार्वजनिक रुपमा उत्सवका रुपमा मनाउने भानु जयन्ती नेपालमा भने खासै नमनाउने गरेको भन्दै पौडेलले रामायणको नेपाली भाषामा अनुवाद गरेको योगदानको सहि मुल्यांकन नभएको बताए।
आज कार्यक्रमकै बिच गौरीगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरीप्रसाद तिवारीले भानुभक्तको तस्बिरमा माल्यपर्ण गर्दै भानु पुस्तकालय स्थापनाको पहल गर्ने र आगामी वर्षबाट वडा तहमा भानुजयन्ती मनाउने प्रतिबद्धता जनाएका छन्।