सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १७ लाखमा निर्माण गरिएको हरितपार्कको पर्खाल २४ घण्टामै भत्कियो

२०७७ असार २९, ०१:१५ खबर संवाददाता

बैतडी : बैतडीमा १७ लाखमा निर्माण गरिएको हरितपार्कको पर्खाल २४ घण्टामै भत्किएको छ। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्वर १ मा निर्माण गरिएको भूमिराज हरितपार्कको पर्खाल निर्माण भएको २४ घण्टामै भत्किएको हो। 

संघीय सरकारको वातावरण विभाग र शिवनाथ गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न गरिएको पर्खाल भत्किएको शिवनाथ गाउँपालिकाका इन्जिनीयर कमल ओझाले स्विकार गरे।

‘प्राविधिकले दिएको इष्टिमेट भन्दा उपभोक्ता समितिले आफनौ  तरिकाले निर्माण गरेकाले पार्कको पर्खाल भत्किएको छ,’ उनले भने, ‘पर्खालको बेस कम हालेर उचाइ बढाइएको थियो दुई दिनसम्म निरन्तर आएको पानीले भत्काइदिएको छ।’

उनले पुनः निर्माणका लागि निर्देशन दिईसकेको बताउँदै झुक्तानी समेत रोकिएको जानकारी दिए। पार्क निर्माणका लागि वातावरण विभागले २० लाख र गाउँपालिकाले ४ लाख बजेट विनियोजन गरेको थियो। तर, प्राविधिकको अन्तिम मूल्यांकनले १७ लाखको मात्र काम भएको देखाएको छ। 
 

कमेन्ट लोड गर्नुस