इन्सेक बैतडीद्वारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैतडी: अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले बैतडीको दशरथचन्द नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ। विश्वभरी फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बच्न सहयोग होस भन्ने उद्देश्यले इन्सेकले दशरथचन्द नगरपालिका स्तरीय मानव अधिकार समूह मार्फत स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरेको हो।
मानव अधिकार समूहका अध्यक्ष सरस्वती भट्ट लगायत समूहको टोलिले दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिह थापालाई मेडिकल मास्क दुई हजार थान, डिटोल साबुन एक हजार थान, डिस्पोजल ग्लोब्स एक सय थान र पाँच सय मिलिलिटरको सेनिटाइजर ६ बोतल हस्तान्तरण गरेको इन्सेकका कार्यक्रम सहजकर्ता निशा भट्टले बताइन।
नेपाल सरकारले मास्क अनिवार्य गर्ने निर्णय गरेको र नगरपालिकालाई हस्तान्तरण भएको उक्त सामगी्रले नगरपालिकालाई राहात मिलेको नगरप्रमुख नगरेन्द्रसिह थापाले बताए।
मामानव अधिकारको संरक्षण सम्र्वद्धन र पैरवी गर्ने इन्सेकले हाल बैतडीका दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा स्थानीय तहलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम(इएलपी) संचालन गरिरहेको छ। उक्त कार्यक्रमले शिक्षा, स्वास्थ्य, खाद्य र आवसको अधिकारमा वकालत तथा पैरवि गर्ने काम गरिरहेको इन्सेक सहजकर्ता निशा भट्टको भनाई छ।
यस्तै पाटन नगरपालिकामा पनि स्वास्थ्य सामग्रीहरु हस्तान्तरणको कार्यक्रम रहेको भट्टको भनाइ छ।