सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर घाइते भएका सुरेन्द्रको उपचारका लागि २० हजार सहयोग

२०७७ असार २८, ०१:३५ खबर संवाददाता

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ सन्तोलास्थित मौरीफागका सुरेन्द्र सार्कीको उपचारका लागि आर्थिक सहयोग गरिएको छ।

काठमाडौंबाट इक्वेल एक्सेसकी कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठ र उनको समन्वयमा कतारबाट बिनोद महत मिलेर सार्कीको उपचारका लागि १५ हजार सहयोग गरेका हुन्। 

यस्तै बैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रहेका रमेश सार्कीले ५ हजार सहयोग गरेका छन्।

असार १९ गते १९ वर्षीय सुरेन्द्र सार्की सोही गाउँपालिका वडा नम्बर ४ द्धारी पातल भन्ने ठाउँमा भीरबाट लडेर गम्भीर घाइते भएका थिए। घाइते सार्कीलाई नेपालगञ्ज मेडिकल कलेजकाे आइसियुमा भर्ना गरिएको छ। उनी हालसम्म बेहोस अवस्थामा छन्। 

घाइते सार्कीका परिवारले सहयोगको लागि अपिल समेत गरेको छ। सहयोग गर्न इच्छुकले मोबाइल नम्बर ९८६५९६००३१, ९८०१९५२३३६ र ९८६५७९५०९० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।  

कमेन्ट लोड गर्नुस