सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कृषि यन्त्र उपकरणको अनुदान अझै वितरण भएन

२०७७ असार २८, ०६:५६ रोशन भट्ट

धनगढी : आर्थिक वर्ष सकिन चार दिन बाँकी रहेका बेला सुदूरपश्चिमको कृषि निर्देशनालयले यन्त्र उपकरण तर्फको अनुदान वितरण गर्न सकेको छैन्। आर्थिक वर्षको अन्त्यमा आएर अनुदान वितरणको तयारीमा जुटेको निर्देशनालयले किसान छनोटमै बदमासी भएको आरोप लागेपछि अनुदान वितरण गर्न नसकेको हो।

चालु आर्थीक वर्ष २०७६÷०७७ मै उपलब्ध गर्नुपर्ने भएपनि असार सकिदै लाग्दा पनि वितरणको काम सुरु नभएको हो। प्रदेशका ९ जिल्लामै अनुदान वितरण गर्नुपर्ने भएपनि आर्थीक वर्षको अन्त्यमा मात्रै आएर तयारी थालिएको थियो। निर्देशनालयले लाभग्राही किसान छनोटको जिम्मा कृषि ज्ञान केन्द्रलाई दिएको थियो।

असार २५ गते भित्र अनुदान वितरणको काम सम्पन्न गर्नुपर्ने भएपनि अधिकासं स्थानमा सुरु नभएको हो। कृषि ज्ञान केन्द्र बजाराका सूचना अधिकारी मीन प्रसाद जैशीले नियम अनुसार असार २५ गते भित्रै वितरण सम्पन्न गर्नुपर्ने भएपनि विभिन्न कारण ढिलाई भएको बताए।

‘अब एक÷दुई दिनमा नै वितरणको गरिसक्छौँ।’ उनले भने। यता कैलाली, कञ्चनपुरका लाभग्राही किसान छनौट गर्ने जिम्मा पाएको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले हचुवाको भरमा किसान छनौट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कगजपत्र नियन्त्रणमा लिएर उजुरी कायम गरेको छ। कृषि अनुदान वितरणमो लाभग्राही छनौटमा बदमासी भएको उजुरीपछि अख्तियारले कगजपत्रहरु नियन्त्रणमा लिएको थियो।

ती कागजपत्र प्रारम्भीक अध्ययनपछि केन्द्रीय कार्यालय पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त प्रमुख जयराम श्रष्ठले बताए। ‘हामीले प्रतिवेदन केन्द्र पठाएका छौं’, उनले भने, ‘अव केही दिनमा निर्णय आउन सक्छ।’ किसान छनौटमै बदमासी भएको आरोप लागेपछि अहिले कृषि ज्ञान केन्द्रले पनि प्रक्रिया अगाडी नबढाएको जनाएको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमखु रामचन्द्र भट्टले किसान छनौटका कागजपत्रहरु अख्तियारले मागेपछि सम्पुर्ण काम बन्द गरेको बताए। कैलाली र कञ्चनपुरमा ज्ञान केन्द्रले काम रोकेको भएपनि सुदूर पहाडका जिल्लामा भने निर्देशनालयकै कारण अनुदान वितरण गर्न ढिलाई भईरहेको छ।

१० करोडमा २२ प्रकारका उपकरण खरिदका गरी वितरण गर्नुपर्ने कार्यक्रम रहेको थियो। जसमा ५० प्रतिशत अर्थात पाँच करोड किसानले नै खर्च गर्नुपर्ने छ।

यता सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने अनुदान वितरणको लागि दुई सय किसानसंग सम्झौता भएको बताए। ‘सम्पुर्ण प्रक्रिया पुरा गरी विल ल्यायो भने भुक्तानी दिन्छु। उनले भने। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस