सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर घाइते भएका सुरेन्द्रको उपचारका लागि चन्दद्वारा सहयोग

२०७७ असार २७, ०७:४१ खबर संवाददाता

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ सन्तोलास्थित मौरीफागका सुरेन्द्र सार्कीको उपचारका लागि सोही ठाउँका शंकर बहादुर चन्दले आर्थिक सहयोग गरेका छन्। नेपाली सेनामा कार्यरत चन्दले रुकुमपश्चिमबाट घाइते सार्कीको उपचारका लागि ५ हजार रुपैंया सहयोग गरेका हुन्। 

असार १९ गते १९ वर्षीय सुरेन्द्र सार्की सोही गाउँपालिका वडा नम्बर ४ द्धारी पातल भन्ने ठाउँमा भीरबाट लडेर गम्भीर घाइते भएका थिए। आर्थिक अभावका कारण उनलाई एक हप्ता घरमै राखिएको थियो।

अलिकती पैसा जम्मा भएपछि हिजो शुक्रबार मात्रै उनलाई कोहलपुर लगिएको घाइते सार्कीका बुवा मदन सार्कीले बताए। उनलाई कोहलपुर अस्पतालको आइसियुमा भर्ना गरिएको छ। उनी हालसम्म वेहोस अवस्थामा छन्। 
घाइते सार्कीका परिवारले सहयोगको लागि अपिल समेत गरेको छ। सहयोग गर्न इच्छुकले मोबाइल नम्बर ९८६५९६००३१, ९८०१९५२३३६ र ९८६५७९५०९० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।  

 

कमेन्ट लोड गर्नुस