सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा खोलामा बगेर दुई किशोर बेपत्ता

२०७७ असार २७, ०५:१५ खबर संवाददाता

बझाङ: बझाङको कालंगा खोलामा बगेर दुई किशोर बेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर १ देउराका १३ वर्षीय रोशन नेपाली र सोह गाउँपालिकाकै वडा नम्बर ४ का १४ वर्षीय जगत अधिकारी बेपत्ता भएका स्थानीले जानकारी दिएका छन्।  

नेपाली शनिबार दिउँसो नुहाउने क्रममा र अधिकारी माछा मार्ने क्रममा शुक्रबार बेपत्ता भएको उनका आफन्तले जानकारी दिएका छन्। प्रहरी र स्थानीयले मिलेर उनीहरुको खोजी गरिरहेको बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले बताए। 
    

कमेन्ट लोड गर्नुस