सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागु औषध सहित दुईजना पक्राउ

२०७७ असार २७, १२:२२ खबर संवाददाता

धनगढी : कैलालीमा लागु औषध सहित दुईजना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ को ब्यवसाय क्षेत्रका २८ वर्षीय शंकर भन्ने छत्र बहादुर साउँद र टीकापुर नगरपालिका ६ नारायणपुरका ३६ वर्षीय मुकेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले तीन ग्राम सात सय मिलीग्राम खैरो हिरोईन सहित दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए।

साउँदको घरमा लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए।  उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस