सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक विद्यालयका पूर्व प्रधानाध्यापकको मृत्यु

२०७७ असार २७, ०७:३२ खबर संवाददाता

धनगढी : धनगढीको एक सरकारी विद्यालयका पूर्व प्रधानाध्यापकको निधन भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्वर ३ को शिव पार्वती आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक तथा वडा नम्वर २ का स्थानीय नारायण भट्टराईको निधन भएको हो।

शुक्रुवार बेलुका ८ बजे भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको मृतकका भतिजा दुर्गा प्रशाद शर्माले जानकारी दिए।

उनका अनुसार गत बर्षको भदौमा भट्टराईलाई घाटीको क्यान्सर भएको थाहा भएको थियो। अन्तिम संस्कारका लागि मृतकलाई धनगढी ल्याउन लागिएको उनले बताए। उनी भट्टराई समाजका केन्द्रिय सदस्य पनि हुन्। 
 

कमेन्ट लोड गर्नुस