सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा १५ शैयाको अस्पताल भवन शिलान्यास

२०७७ असार २६, ०८:४२ खबर संवाददाता

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा १५ शैयाको अस्पताल भवन शिलन्यास गरिएको छ। वडा नम्बर ९ मा रहेको मसुरिया स्वास्थ्य चौकीको ६ कोठे भवनको शुक्रबार शिलन्यास गरिएको हो।

१५ शैयाको अस्पतालका रुपमा विकास गर्न सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण हुने उक्त भवनको प्रदेश सभा सदस्य दीर्घ सोडारी र गौरीगंगाका नगर प्रमुख भिम बहादुर देउवाले शिलन्यास गरेका हुन्।

२०७७ चैत्र मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी जगदम्बा निर्माण सेवा धनगढीले ६८ लाख ५० हजारमा ठेक्का लिएको छ।
 

कमेन्ट लोड गर्नुस