सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश खवरकर्मीमाथि हातपात गर्ने बुवाछोरा धरौटीमा छुटे

२०७७ असार २६, ०७:१५ खबर संवाददाता

धनगढी : दिनेश खबरकर्मीमाथि हातपात गर्ने धनगढीका बुवाछोरा धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का हर्कबहादुर देउवा र उनका छोरा ठक्करबहादुरलाई धरौटीमा छोडेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच दिन म्याद थप गरि अनुसन्धान गरेकोमा उनीहरुलाई पाँच/पाँच हजार धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय कैलालीका मुद्धा शाखाका नायव सुब्बा दुर्गादत्त पन्तले जानकारी दिए। हर्कबहादुर देउवाविरुद्ध मुद्धा चलेपनि उनी बिरामी भएका कारण यसअघि नै प्रहरीले उनलाई छोडिसकेको थियो भने ठक्करलाई धरौटी बुझाएपछि छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले बताए।

सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दिनेश सञ्चार गृहले सञ्चालन गरेको दिनेश खबर र दिनेश एफएमका वरिष्ठ संवाददाता कमल सावदमाथि हातपात गरिएको थियो। पोखरी समेत निर्माण नगरी देउवाले माछापालनका लागि भन्दै मन्त्रालयबाट अनुदान लिएका थिए। उनीहरुविरुद्ध सार्वजनिक हित विरुद्धको कसुमा मुद्दा दर्ता गरिएको थियो।

कमेन्ट लोड गर्नुस