सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माईन् शिशु

२०७७ असार २६, ०६:०७ खबर संवाददाता

अछाम : अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमै शिशु जन्माएकी छन्।

जिल्लाको  मेल्लेख गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया महिलाले बीहिबार जिल्ला अस्पतालको आइसोलेसनमा शिशु जन्माएकी हुन्। अहिले आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

ती महिलाका श्रीमान समेत कोरोना संक्रमित हुन्। उनीहरु दुवैजना असार ४ गतेबाट जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन्। श्रीमान श्रीमती भारतबाट फर्किएका थिए। 
 

कमेन्ट लोड गर्नुस