सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको आक्रमणबाट बैतडीमा एक जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ असार २५, ०६:४४ खबर संवाददाता

बैतडी: बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेही पुजरीगाउँका ४२ वर्षीया करबीर पुजारा चितुवाको आक्रमणबाट घाइते भएका हुन। 

बिहिबार साँझ ५ बजेतिर वडा कार्यालयबाट घर फर्कने क्रममा चमेडिया भन्ने ठाउँमा पुजारामाथि चितुवाले आक्रमण गरेको थियो। चितुवाले आक्रमण गरेलगत्तै चिच्याएका पुजारालाई रोपाँई गरिरहेका किसानहरुले सुनेपछि चितुवालाई भगाएका थिए।

घाइते पुजारालाई उपचारका लागि डडेल्धुरा लैजाने तयारी भएको पुर्चौंडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रम्बा बोहराले बताए। 

कमेन्ट लोड गर्नुस