सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीद्वारा कोरोना रोकथामका लागि हालसम्म साढे २ करोड बढी खर्च

२०७७ असार २५, ०२:४० खबर संवाददाता

कैलाली: कैलालीको गोदावरी नगरपालिकाले हालसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि २ करोड ६५ लाख खर्च गरेको जनाएको छ। केन्द्र सरकारबाट पाएको २१ लाख, प्रदेश सरकारबाट पाएको ४५ लाख र अन्य आफ्नै कोषबाट खर्च रकम गरेको नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खेमराज बिष्टले बताए। 

नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुरुमा १ करोडको कोष खडा गरेको थियो। फेरि त्यसमा डेढ करोड रकम थप भएको थियो। 

नगरपालिकाले पिपीई, भीटिएम, आरटिडी किट खरिद तथा आइसोलेसन र क्वारेन्टिनमा बसेकाहरुको खाना नास्तामा उक्त रकम खर्च गरेको  प्रसाशकिय बिष्टले बताए। 

 

कमेन्ट लोड गर्नुस