'आज हैन भोलीलाई ५ वर्ष ओलीलाई' भन्दै धनगढीमा निकालियो र्याली
धनगढीः धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा र्याली निकालिएको छ। सचेत नागरिक समाजले बुधबार धनगढीमा प्रधानमन्त्री ओलीका पक्षमा र्याली निकालेको हो।
र्यालीमा ‘आज हैन भोलीलाई ५ वर्ष ओलीलाई’ लगायतका नारा लगाइएको थियो। केही दिनयता नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) मा देखिएको विवादलाई बन्दगरी पाँच वर्षका लागि ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने नाराहरु र्यालीमा लगाइएको थियो।