सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ३४ सय जनालाई नगद राहत

२०७७ असार २४, ०३:१७ खबर संवाददाता

बैतडी: बैतडीका विभिन्न स्थानका विपन्न नागरिकहरुलाई नगद राहत दिइएको छ। गैरसरकारी संस्था रुडेस बैतडीको समन्वय र अक्सफाम नेपालको सहयोगमा विपन्न परिवारलाई नगद राहत प्रदान गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए। 

जिल्लाका ४ ओटा स्थानीय तहका ८ ओटा सहकारी संस्थामार्फत विपन्न परिवारलाई नगद हस्तान्तरण गरिएको जोशीले बताए। २ हजार ४१० का दरले ३ हजार ४ सय विपन्न परिवारलाई राहत प्रदान गरिएको रुडेस बैतडीले जनाएको छ। 

वडा कार्यालयको सिफारिसमा विपन्न घरपरिवार छनौटगरी शुन्य लगानिमा सहकारी संस्थामा खाता खोल्न लगाएर उनहरुलाई राहत प्रदान गरिएको रुडेस बैतडीका कार्यकारी गोविन्दराज जोशीले बताए। दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका विपन्न नागरिकलाई ६६ लाख नगद राहत दिइएको उनले बताए।

भारतबाट रोजगारी गुमाएर आएका तथा अतिविपन्न परिवारले राहत पाएपछि खुसी व्यक्त गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस