धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाईकल दुर्घटना, दुई जना घाईते
धनगढी : धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ५ स्थित गेटामा से ७ प ८५९३ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका हुन्।
मोटरसाईकल चालक समेत रहेका डडेल्धुराको पर्शुराम नगरपालिका वडा नम्वर ५ परिगाउँ बस्ने ३० बर्षीय उमेश भट्टराई र मोटरसाईकलमा सवार बझाङको थलाराका ३० बर्षीय बलराम भट्टराई घाईते भएका हुन्।
उनीहरु दुवै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा पोलमा ठोक्किएको थियो।