सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगर क्षेत्रमा डुबान

२०७७ असार २४, ०८:४४ खबर संवाददाता

धनगढी : लगातारको वर्षापछि धनगढी उप–महानगर क्षेत्र जलमग्न भएको छ। प्रदेशको अस्थायी राजधानी धनगढी बजार क्षेत्रका अधिकासं क्षेत्र जलमग्न भएका हुन् भने केही क्षेत्रमा डुवान समेत भएको छ।  

वडा नम्वर ३ का विभिन्न क्षेत्रमा डुवान भएको स्थानीयले बताएका छन्। पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा बजार क्षेत्रमा समेत पानी जमेको छ। धनगढीमा पानी पर्ने वित्तिकै वर्षेनी डुबान हुने समस्या रहेको छ। 

जिल्ला विपद व्यवस्थापन समितिले पनि विभिन्न खोलाको जलस्तर सामान्य वृद्धि भए पनि खतरामुक्त रहेको जनाएको छ। 

 

फोटो : छवि लामिछाने र सुर्य कुमार 

कमेन्ट लोड गर्नुस