सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब धनगढी सम्बृद्धिद्वारा मानवसेवा आश्रमलाई सहयोग

२०७७ असार २३, ०७:४८ खबर संवाददाता

धनगढी: धनगढीमा भरखरै मात्र स्थापना भएको लायन्स क्लब अफ सम्बृद्धि  धनगढीले मानव सेवा आश्रमलाई सहयोग गरेको छ। क्लब परिवारले संस्था गठन भएको खुसियालीमा आश्रमलाई बिहानको भोजन सहयोग गरेको हो।

एक कार्यक्रम आयोजना गरेर आश्रमलाई सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ। लायन्स क्लव अफ सम्बृद्धि  धनगढीकी संस्थापक अध्यक्ष तथा उद्योग वाणिज्य संघ कैलालीको कार्यकारी निर्देशक गोमा अधिकारीको अध्यक्षतामा उक्त भोजन कार्यक्रम सम्पन्न भएको हो।

कमेन्ट लोड गर्नुस