सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनको सदुपयोग गर्दै डडेल्धुराका पत्रकार भण्डारीले सुरु गरे फलफुल खेती

२०७७ असार २३, ०३:३१ खबर संवाददाता

धनगढी: कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको डडेल्धुराका पत्रकार धनबहादुर भण्डारीले सदुपयोग गरेका छन्। उनले खाली समयमा खेर नफाल्ने उदेश्यले आफ्नो अजयमेरु गाउँपालिका –१ समैजीको डैसिलीमा रहेको खेतमा फलफुल खेती सुरु गरेका हुन। 

प्रेस यूनियनका जिल्ला अध्यक्ष समेत रहेका भण्डारीले आफ्नो पाँच रोपनी रोपाई हुने खेतमा सुन्तला,  कागती, अमिलो, लिचि तथा अम्बा जातका २५० भन्दा बढी विरुवा रोपेको बताए। 

रोपाई र अन्य खेतीपाती गर्दा जंगली जनावरले नष्ट गर्नुका साथै मलजल गर्न समस्या भएका कारण अमिलो जातका फलफुलका विरुवा लगाएको उनले बताए। ‘पहिले उक्त खेतमा रोपाइ गरेर अन्न उब्जाउथ्यौ तर जंगल जनावरले सखाप पार्ने हुँदा यो लकडाउनको समयमा अमिलो जातका फलफुल खेती लगाएका हौ’ उनले भने, ‘विशेषगरी अन्य कृषकलाई समेत प्रेरणाा जगाउने उदेश्यले मैले फलफुल खेती सुरु गरेको हुँ।’

उनले सुरुमा आफ्नै लगानी र कृषि ज्ञान केन्द्रबाट २५० बोट विरुवा अनुदानमा लिएर खेती सुरु गरेको बताए। आजभोली सरकार तथा विभिन्न दातृ संस्थाबाट कृषि अनुदान लिएर पनि काम नगरेको समाचार आइरहेका बेला भण्डारीले भने व्यक्तिगत लगानीमा खेती सुरु गरेका छन्।

‘कतिपय कृषकले अनुदानबाट विरुवा तथा रकम लिने तर काम नगर्ने गरेको पाइन्छ। उहाँहरुलाई एउटा सन्देश दिन र देशमा आइपरेको विपद्लाई कृषिबाट नै पार लगाउन सकिन्छ भन्ने ध्ययका साथ पनि मैले खेती सुरु गरेको हुँ’ उनले भने। 

 

कमेन्ट लोड गर्नुस