सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ लाखमा बनेको मन्दिर ३ महिना पनि टिकेन

२०७७ असार २३, ०१:५२ खबर संवाददाता

बझाङ: बझाङको छबिस पाथिभेरा गाउँपालिका –३ भट्ट गाउँमा निमार्ण सम्पन्न भएको ३ महिना नपुग्दै लाङ मन्दिर भत्किएको छ। वडा कार्यालयको २ लाखको लागतमा निमार्ण भएको उक्त मन्दिर समान्य पानी पर्दा भत्किएको एक स्थानीयले बताए।  

उपभोक्ता समिति मार्फत भएको निमार्ण योजनामा कमसल सामग्री प्रयोग गरेर कमजोर संरचना निर्माण गरेको उनले बताए। ‘रकम कुम्ल्याउन टालटुले शैलीमा काम गर्दा मन्दिर भत्किएको हो, यसमा पुरै बजेट दुरुपयोग भएको देखिन्छ’ उनले भने। 

उता वडाध्यक्ष केशवराज जोशीले स्थलगत निरिक्षण गरेर मात्र थप जानकारी दिने बताएका छन्। निरिक्षण पश्चात नै सबैकुरा भन्न मिल्ने र उपभोक्ता समितिको लापरवाही भएको देखिए आवश्यक कारवाही गर्ने उनले बताए। 

कमेन्ट लोड गर्नुस