सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नदीजन्य पदार्थको अबैध उत्खनन रोकिएन

फाईल तस्बिर
फाईल तस्बिर
२०७७ असार २३, ०१:४१ रोशन भट्ट

धनगढी : कैलालीमा असार सकिनै लागेपनि नदीजन्य पदार्थको उत्खनन रोकिएको छैन्। कोरोना प्रभावका कारण जारी लकडाउने विकास निर्माणका योजनाहरु प्रभावित भएको भन्दै स्थानीय तहकै संरक्षणमा अबैध रुपमा उत्खनन जारी राखिएको हो।

धनगढी र गोदावरीमा पर्ने खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन् भईरहेको गोदावरीका स्थानीय राजेन्द्र जोशीले बताए। ‘स्थानीयले सरोकारवाला निकायलाई उत्खनन रोक्न पटक पटक आग्रह गर्दा पनि वेवास्ता भईरहेको छ,’ उनले भने, ‘विगतमा नै उत्खनन गरि जम्मा गरेको बालुवा, गिट्टी ढुवानी गर्ने बाहानामा अहिले पनि गैर कानुनी रुपमा उत्खनन भईरहेको छ।’

विगतका बर्षमा असार १ गतेदेखि नै उत्खनन तीन महिनाका लागि बन्द हुने गरेकोमा यस बर्ष असार २१ सम्म उत्खननका लागि अनुमती दिईएको थियो। विगतमा जिल्ला विकास समिति तथा जिल्ला समन्वय समितिले कैलालीका खोलानालको बालुवा गिट्टी र ढुङगा उत्खनन्का लागि ठेक्कामा लागउने गरेको थियो भने अहिले उक्त जिम्मा स्थानीय तहलाई दिईएको छ।

कैलालीका कतिपय स्थानीय तहहरुले यस वर्ष कोरोना प्रभावपछि जारी भएको लकडाउनका कारण विकास निर्माण काम रोकिदा अहिले सम्म नदीजन्य पदार्थको उत्खनन गर्नु परेको जनाएका छन्। यस विषयमा जिल्ला प्रशासन मार्फत संघीय सरकारलाई उत्खनन अवधी बढाउन माग गरिएको धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरीले बताए।

‘बहुवर्षे योजनाका लागि बालुवा र गिट्टी बढी आवश्यक पर्ने भएका कारण अहिल नै उत्खनन गरि जम्मा गरेको होला,’ उनले भने, ‘उक्त बालुवा गीट्टी ढुवानीको बाहनामा थप उत्खनन भएको हुन सक्छ।’ अवैध रुपमा भईरहेको उत्खननलाई नियन्त्रण गर्न प्रहरी र प्रशासनलाई आग्रह गर्ने उनले बताए।

विकास निर्माणका कामलाई गति दिनको लागि उत्खनन कार्य आधा असार सकिनै लाग्दा समेत जारी राखेका स्थानीय तहहरु बजेट सक्नै लागि विभिन्न सडकहरुमा ग्रावेल हाल्ने काम गरिरहेका छन्। जसकारण बजटको समेत दुरुपयोग भईरहेको छ भने बर्षातमा भईरहेको उत्खननले बाढी र कटानको समस्या बढ्ने सम्भावना छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस