सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भीरबाट लडेर एक जनाको ज्यान गयो

२०७७ असार २३, १०:०२ खबर संवाददाता

बझाङ:  बझाङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ।  जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर २ कोटीगाउँका २८ वर्षीइ नरेश बिष्टको भिरबाट लडेर ज्यान गएको मृतकका आफन्त पुर्णबहादुर विष्टले जानकारी दिए। 

सोमबार घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका बिष्टको जिल्लामा उपचार हुन नसकी थप उपचारको लागि धनगढी लैजादै गर्दा मंगलबार बिहान बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्।

मृतक बिष्टका १० वर्षका छोरा, ७ वर्षकी छोरी र श्रीमती छन्। मृतकको शवलाई आजै जिल्लामा ल्याएर अन्त्योष्टि गर्ने तयारी भइरहेको आफन्तले जानकारी दिए।

कमेन्ट लोड गर्नुस