सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगा नदीमा डुबेर किशोर बेपत्ता

२०७७ असार २२, ०४:५४ खबर संवाददाता

बाजुरा: बाजुराको बुढीगंगा नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका– २ बस्ने १५ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेपत्ता भएका हुन।

बेपत्ता थापाको खोजी कार्यका लागि जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए।

कमेन्ट लोड गर्नुस