सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध

२०७७ असार २२, ०१:५९ प्रकाश सिंह

बाजुरा: लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक खण्डको ठाउँठाउँमा पहिरो गएपछि आइतबार बिहानबाट उक्त सडक अवरुद्ध भएको छ। 

सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ। पहिराले बढीमालिका नगरपालिकाको पानी नाउला, बल्दे, अम्कोट, तिपाडा लगायतका ठाउँमा पहिराका कारण  सडक भासिएपछि सडक अवरुद्ध बनेको स्थानीयले बताए। शुक्रबारदेखि भइरहेको वर्षाले द्धारीमा पहिरो गएपछि आइतबार बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।

अवरुद्ध सडक खुलाउनका लागि पहल भएपनि माथिबाट लगातार पहिरो खसीरहेकाले कामा गर्न मुस्कील भएको छ। वर्षातका बेला दुई वर्षदेखि साँफे–मार्तडी सडक अवरुद्ध हुँदै आएका छ। सडक जोखिममा रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेरबहादुर शाहीले बताए। 

गत वर्ष सोही सडकखण्ड ३ महिना अवरुद्ध बनेको थियो। बाजुराका सडकखण्डको बल्धे र पानी नाउँलामा सबै भन्दा जोखिम हुने गरेको छ। सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आवागमनमा समस्या हुने भएको छ।

गत वर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाव भएको थियो। यस वर्ष वैकल्पिक बाटो नखोले वर्षातमा पूर्णरुपमा अबरोध हुने व्यापारी हंशबहादुर सिंहले बताए। ‘सरकारले वैकल्पिक बाटो खोल्ने छिट्टै पहल गर्नुपर्छ’ उनले भने।  

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस