सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी

२०७७ असार २२, ०७:४५ खबर संवाददाता

बैतडी : विद्युत विस्तार सम्बन्धी विवाद हुँदा बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ।

विद्युत विस्तारको विषयलाई लिएर स्थानीयले तालाबन्दी गरेका हुन्। दुदिलाखानदेखि थडाकाडा रोड भएर विद्युत विस्तार गर्नुपर्ने स्थानीयको माग भएपनि वडाध्यक्षले अन्यत्रैबाट लाईन लैजान खोजेको भन्दै तालाबन्दी गरिएको हो।

वडाध्यक्ष गगनसिंह धामीले भने स्थानीयकै माग अनुसार विद्युत विस्तार गर्न खोजेपनि बिना कारण अवरोध सिर्जना गरी तालाबन्दी गरिएको दावी गरेका छन्।

उनले स्थानीयले विरोधका नाममा विरोध मात्र गरेको दावी समेत गरेका छन्। 
  
 

कमेन्ट लोड गर्नुस